२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किदा…….

Logo
प्रकाशित आइतबार, भाद्र १४, २०७७

महेन्द्र सिंह
बाँके सर्पले टोकेको बच्चालाई उपचार गराउन नेपालगञ्जतिर आउदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बाँकेको शमशेरगञ्जमा रहेको शसस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक चेवन देवकोटा र त्यसमा सवार ३ वर्षका लिलाधर खड्काको मृत्यु भएको हो । सर्पले टोकेको बालकलाई मोटरसाइकललाई राखेर ल्याउदै विहान रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएको थियो । बालकलाई समातेर बसेकी आमा कौशिला खड्का घाइते भएकी छन् ।
रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएपछि घाइते भएका चालक देवकोटाको उपचारका लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, सर्प टोक्दा बिरामी भएका र दुर्घटनामा परेर घाइते भएका बालक खड्काको विहान १०.२० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]