२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किदा…….

Logo
प्रकाशित आइतबार, भाद्र १४, २०७७

महेन्द्र सिंह
बाँके सर्पले टोकेको बच्चालाई उपचार गराउन नेपालगञ्जतिर आउदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बाँकेको शमशेरगञ्जमा रहेको शसस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक चेवन देवकोटा र त्यसमा सवार ३ वर्षका लिलाधर खड्काको मृत्यु भएको हो । सर्पले टोकेको बालकलाई मोटरसाइकललाई राखेर ल्याउदै विहान रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएको थियो । बालकलाई समातेर बसेकी आमा कौशिला खड्का घाइते भएकी छन् ।
रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएपछि घाइते भएका चालक देवकोटाको उपचारका लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, सर्प टोक्दा बिरामी भएका र दुर्घटनामा परेर घाइते भएका बालक खड्काको विहान १०.२० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!