०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँकेका पुर्वाधार कार्यालय हाकिम घुस रकमसहित पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

महेन्द्र सिंह बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको उक्त रकम र ३३-१-०९६१ नम्वरको गाडी सहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नम्वर ५ बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो । प्रमुख अर्याललाई विशेष सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]