१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

सल्यानमा नयाँ प्रहरी प्रमुखमा डिएसपी थापा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

मनोज डागी सल्यानमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी समहालेका प्रहरी नायब उपरीक्षक थापाले न्याय सबैले पाउने बताए।
आइतबार जिल्ला स्थित पत्रकारहरुबिच जिल्ला प्रहरि कार्यालयमा भएको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डिएसपी थापाले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताएका छन। कानुन सबैलाई लाग्ने बताउदै उनले कानुनको पालना गर्न आग्रह गर्दै निस्पक्ष रुपमा काम गर्ने बताए। जिल्ला बासिको शान्ती सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने उनले बताएका छन। सबैको सहयोगबाट समृद्ध समाज निर्माण हुने भन्दै सहयोगको आग्रह गरे। सत्य, सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने समेत बताएका छन।
कार्यक्रममा सल्यान जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रममा सल्यान जिल्ला स्थित विभिन्न १५ जना पत्रकारहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

काठमाडौं । संसद सचिवालयमा कार्यरत रही हाल अमेरिका घुम्न गएका एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी गरेका हुन् । स्रोतका अनुसार उनले अनलाइनमार्फत बढुवा सिफारिसविरुद्ध उजुरी गरेको हुन् । बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावली २०७१ मा उल्लेख छ । सोही अनुसार उनले उजुरी गरेका हुन् । […]

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो। वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ । मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा […]

error: Content is protected !!