०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

तुलसीपुर प्रहरीले २० हजार नगदसहित ५ जना जुवाडे पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

तेज वली
दाङ तुलसीपुरबाट नगद २० हजारसहित ५ जना जुवाडे पक्राउ परेका छन् जुवा खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ महेन्द्र स्कुलको पछाडी चिरो बगरमा जुवाडेहरु पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डमर पालको टोलिले जुवा खेलिरहेको अवस्थामा नगद २० हजार ५५ सहित पक्राउ गरेको हो । प्रहरीले जुवा भइरहेको ठाउँबाट रातो रंगको १ गड्डी र कालो रंगको २ गड्डी तास समेत फेला पारेको थियो ।
जुवा खेलिरहेको अवस्थामा वडा नम्वर १६ वस्ने ३५ वर्षका छविलाल बस्नेत, वडा नम्वर ६ का वर्ष ३० का मधुसुदन रेग्मी सोही ठाउँका वर्ष २९ का भुवन खड्का र वर्ष ५० का देविसिंह महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]