०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

झापामा गोरु काटेर खाने तीनजना पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन १०, २०७७

बिबेक गाहा
झापाको अर्जुनधारा ५ स्थित बैसबारी बस्ने तीनजना गोरु काटेर खाएको आरोपमा आज पक्राउ परेका छन् पक्राउ पर्नेमा २० वर्षीय ईमान दाहाल र २७ वर्षीय वीर बहादुर दनुवार यसैगरी एक जना वर्ष २७ कै टीकाराम दनुवार रहेका छन् आज बिहान करिब ८:00 बजे उनीहरुले गोरु काटेर खाएका हुन गोरुको टाउको र खुट्टाहरु नजिकै रहेको उखुबारीमा गाडिएका थिए गाडेको खबर स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए घटनाको जनाकारी पाउनासाथ प्रहरी टोली खटिगई तीनैजनालाई नियन्त्रणमा लिइएको थियो भने इलाका प्रहरी कार्यालय जनाएको छ यसैगरी उनीहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारिएको र पक्राउ परेका तीनैजना उपर कानुनी कारबाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]