०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

पहिरोमा डोजर पुर्दा चालकको मृत्यु

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

ABC Sanchar
प्यूठान बिजुवार बाटो खन्दाखन्दै खसेको पहिरोमा परेर डोजर चालकको मृत्यु भएको छ । जिल्लाप्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालीका-१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।
सडक माथिबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबि डोजरबाट हामफालेका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह बुढामगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!