०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरी बर्दियाले अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

महेन्द्र सिंह
बर्दिया सशस्त्र प्रहरीले बर्दियामा अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट गएको गस्ती टोलीले बर्दियाका विभिन्न सिमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको दुनो भैसी, प्याज र चिनी लगायतका सामाग्री बरामद गरेको हो।
बरामद गरिएका अवैध सामाग्रीसहित भैसीलाई छोटी भन्सार कार्यालय गुलरीयामा बुझाईएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ। सशस्त्र प्रहरीका अनुसार आइतबार बरामद गरिएका अवैध बस्तुहरुको भन्सार दाखिला मूल्य ७०,७४० रुपैयाँ छ।
त्यस्तै पछिल्लो चरणमा बरामद गरेको काठ र सुर्तिजन्य पदार्थहरु पनि भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ।सशस्त्र प्रहरी बर्दियामा एसपी नर बहादुर रावत आएदेखी सिमानाकामा निकै कडाई हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!