बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन ।
नोक्सानको विवरणमा के-के परे होलान्
भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका गाडीहरु राजस्व संकलन प्रभावित त्यस दिन र त्यसपछिका दिन राजस्व संकलनमा ठूलो असर
व्यापारमा असर भारतसँगको सीमा व्यापार केही दिन रोकिँदा व्यवसायी र सर्वसाधारणलाई समस्या मात्र भएको थियो ।
जेनजी आन्दोलन भदौ २४ को आन्दोलन सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेरोजगारी विरुद्ध युवाहरूले चलाएको आन्दोलन थियो। काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज लगायत देशभरका धेरै ठाउँमा प्रदर्शन उग्र बनेको थियो।
नेपालगन्जमा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो।
६ करोडभन्दा बढीको नोक्सान भनेको त्यो रकमले दर्जनौं विद्यालय, अस्पताल बनाउन सकिन्थ्यो। आन्दोलनको उद्देश्य जे भए पनि सरकारी सम्पत्तिको क्षतिले अन्ततः आम नागरिककै पैसामा भार पर्छ।