०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जनमोर्चाको बङगालाचुली ४ मा युबक संघ गठन

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

सागर थापा                                                        दाङको बङगलाचुली गाउपालिका वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको भेलाले एक स्थान रिक्त सहित नौ सदस्यीय वडा समिती निर्माण गरेको छ । समितिको अध्यक्षमा बिकास रोका उपाध्यक्ष रामबहादुर घर्ती सचिब कमल घर्ती मगर सह सचिब स्याम महरा कोषाध्यक्ष गोमा नेपाली सदस्यमा मोतिराम खत्री, रामकुमार नेपाली , जोगिन्द्र घर्ती रहनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य को प्रमुख आथित्यतामा भएको भेलामा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर जि एम, अखिल नेपाल युबक संघ घोराही उपमहानगर समिती का उपाध्यक्ष सुमन घर्ती, बङगलाचुली गाउपालिकाका अध्यक्ष भिम बहादुर थापा, सचिब यम बहादुर घर्ती लगायतले मन्तव्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!