०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बाँके प्रहरीले कोरेक्स तस्करी गर्ने दुईजना पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७

महेन्द्र सिंह बाँके                                                 ईलाका प्रहरी कार्यालय बनकट्टीले अवैध लागुऔषध कोरेक्स सहित २ जनालाई निण्नत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार बेलुका डुडुवा गाँउपालिका ४ खालेमसाह स्थित ईलाका प्रहरी कार्यालय बनकट्टि (क) बाट खटिएको प्रहरी टोलिले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो । लु. ६१ प ६७२७ नम्बरको मोटरसाईकल खानतलासी गर्दा युवाहरुले ल्याएको आलुको बोराभित्र २३ सि.सि. (प्रती सि.सी. १०० मि.लि.) कोरेक्स बरामद गरीएको प्रहरीले जनाएको छ । नेपालगंज उपमहानगरपालिका २० मनिकापुर बस्ने ईन्द्र देब खटिकले चलाएको मोटरसाईकलको पछाडि बसेका डुडुवा गाँउपालिका ५ जगदहवा का २७ वर्षिय कृष्ण सुनारले समातेको आलुको बोरा खोली हेर्दा उक्त परिमाणको आगुऔषध भेटिएको हो । मोटरसाईकल र युवाहरुलाई नियन्त्रणमा लिई आबस्यक अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!