०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

ठुलो मात्रामा लागुऔषध सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar
सुनसरी ईनरुवा-३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी दुहबी-१०का २६ बर्षीय दिपक कुमार यादब र हरीनगर-६ का ३४ बर्षीय सहिद मिया रहेका छन । पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सुचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो विहान ९ बजे नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उनिहरुले लुकाउदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल DIALEX-DC, ३९६० क्याप्सुल SPASMO-PROXYVON plus र १३५० Nitra vet ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी सुनसरीकै कोशी गाँउपालिका-३ नहर चोकबाट २८ बर्षीय कमरुदिन मिया लागुऔषध सहित पक्राउ परेका छन । विशेष सुराकका आधारमा उनलाई हिजो साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मियालाइ पक्राउ गरिएसंगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल DIALEX-DC र ३२८ क्याप्सुल SPASMO-PROXYVON plus फेला बारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!