११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

मुद्दा मिलाई दिन्छु भन्दै नक्कली डिएसपी पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

राहुल गुप्ता                                                            बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका-४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका छन् । प्रहरीका अनुसार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग रु ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई पक्राउ गरिएको छ । सिराहा प्रहरीका प्रबक्ता शालिग्राम पौडेलले ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकोले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ ।
जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!