०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

ईलाका प्रहरी गढवामा नयाँ प्रहरी प्रमुखमा भट्ट नागरिकको सुरक्षा पहिलो प्राथमिकता

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar
दाङ ईलाका प्रहरी कार्यालय गढवामा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख राज कुमार भट्टले गढवा क्षेत्रमा शान्ती सुरक्षाको अनुभूति दिलाउने बताएका छन् ।
देउखुरीका पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले यसक्षत्रका जनतालाई शान्ती सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिच्ने कसैलाई नछाड्ने बताए ।
कानुन मिचेर शान्ति सुरक्षा खलबलाउने, अपराधीक क्रियाकलाप गर्ने जो कोहीलाई नछोड्ने प्रहरी निरिक्षक भट्टको अडान छ । जुवा तास, लैङ्गिक हिँसा, लागुपदार्थ अोसार पसार तथा सेवन, राप्तीमा तस्करी लगायत कानुनको बन्देज परिधि क्षत्रमा सँलग्न जो कोहि लाईपनि कानुनको कढ्घरामा उभाएर निश्पक्षका साथ अनैतिक कार्य निर्मुलका लागि आफ्नो सधै प्रयास रहने बताए ।
यसक्षत्रको शान्ती सुरक्षाका निम्ति नागरिक पनि उत्तिकै जिम्वेवार रहेका कारण सुचना दिएर सहयोग गर्नुहुन उनले सम्पुर्णमा अनुरोध गरेका छन् । उनले चाडबाड नजिकिदै गर्दा हिँसा, लुटपाट हुने भएकाले बढि निगरानी गर्ने जनाए । गढवा क्षत्र ढुङ्गा, गिट्टि, बालुवा, काठ, अफिम् लगायतका क्षत्रमा बढी तस्कर हुने रुपमा चिनिन्छ । तस्करी निर्मुलका लागि सधै लागीपर्ने र यस बिषयमा पालिका सँग तत्काल बुझ्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!