०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

कानुनसंग कुनैपनि सम्झौता नगर्ने तुल्सीपुरका डिएसपी सिंहको प्रतिबद्धता

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले कानुन संग कुनै पनि सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ। (एबिसी संचार) संगको कुराकानीमा तुल्सीपुरका प्रहरी प्रमुख डिएसपि सिंहले भने, यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर तुल्सीपुरवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त छु। तुल्सीपुर क्षेत्रभित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्ययन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । ईलाका प्रहरी कार्यालयलाई सञ्चारमैत्रि बनाउन दाङमा रहेका पत्रकाहरू संगको सहकार्य अनिवार्य रहने उनको भनाइ छ । तुल्सीपुरमा आए लगत्तै आर्थिक लेनदेन तथा बित्तीय अपराधको बिषयमा धेरैले गुनासो गरेको र त्यसैको अध्ययन र अनुशन्धानमा लागेको पनि डिएसपी सिंहले बताए । पछिल्लो समय तुल्सीपुरमा भएका लागुऔषध दुर्व्यसनि जुवा लगाएतको घटनाहरूका साथै बेश्यावृतिको बिषयमा पनि सुक्ष्म अनुसन्धान गरिरहेको ले डिएसपी सिंहले बताए ।
डिएसपी सिंह तुल्सीपुर आए देखिको अभियान… तुल्सीपुर बजार क्षेत्रमा अब्यबस्थित रुपमा सवारी पार्किङ गर्दा सवारी दुर्घटना बढेको भन्दै अभियान थालेका छ्न । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी सिंहले पटक पटकको अनुरोधलाई अवाज्ञा गरेको भन्दै तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको सुरुवात समेत गरेकका छ्न। लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोलसुरक्षाको अभियानपछि पछिल्लो समयमा तुलसीपुर ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी मिलेर बजार व्यवस्थापनको अभियानमा लागेको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]