०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

६५ औ प्रहरी दिवसको अवसरमा दाङका पत्रकार शितल सम्मानित

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

सागर थापा
दाङ ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र प्रहरी साझेदारी’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनकालागी सहयोग पु¥याएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले खादा ओढाएर कदर–पत्र प्रदान गरेका थिए । त्यस अवसरमा प्रहरी प्रमुख चन्दले नेपाल प्रहरीमा रहेर शान्ति सुरक्षासँगै नेपाल प्रहरीको गौरव बढाउन सहयोग गर्ने पूर्व प्रहरीका तर्फबाट ज्येष्ठ सदस्य प्रहरी नायव निरिक्षक ९४ वर्षीय तेजबहादुर थापालाई समेत सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख चन्दले जिल्लामा शान्ति सुरक्षालाई मजबुत बढाउदै नेपाल प्रहरीको गौरवमयी इतिहासलाई उच्च बनाउनका लागि प्रहरीसधै लागि पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]