०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

कैलालीमा प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

ABC क्राईमबिट
अछाम कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।
दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।
यस्तै, अछाम प्रहरीका सहायक निरीक्षक (असई) रमेश भट्टको टोलीले साउँदलाई शोक सलामी दिएको थियो ।
प्रहरी जवान साउँदलाई उनका भाइले दागबत्ती दिएका जनाइएको छ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका घर भएका साउँद कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए ।
सीमा क्षेत्रमा भाइरहेको तस्करी रोक्न अस्थायी प्रहरी पोस्टका इञ्चार्ज (असई) गोविन्द विकसँगै साउँद शनिबार राति गस्तीमा गएका थिए । गस्तीमा गएका असई विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मोहना नदीमा फेला परेको थियो ।
साउँदको भने मंगलबार बिहान मोहना नदीमै गाडिएको अवस्थामा शव फेला परेको थियो ।
नेपालबाट भारततर्फ भइरहेको केराउको तस्करी रोक्दा प्रहरी जवान साउँदसहित असई विकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले साउँद र विकको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । प्रहरीले हत्या आरोपमा थप १ जनालाई समेत पक्राउ गरेको छ ।
तस्करको समूहबाट हत्या गरिएका प्रहरी जवान साउँदका श्रीमती र २ छोरी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!