२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

बाँकेका सिडियो कुरुम्वाङ्लाई कोराना रुघोखोकी र ज्वरोको लक्षण

Logo
प्रकाशित मंगलबार, कार्तिक ११, २०७७

महेन्द्र सिंह
बाँकेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना देखिएको छ । स्वास्थ्यमा रुघोखोकी र ज्वरोको लक्षण देखिएपछि आज गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।
ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्वाङ्ले आज दिउसो सामाजिक सञ्जालमा आफु कोरोना संक्रमित भएको बताएका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा उनले लखेका छन् – कोरोना बिरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको छु । म सँग सम्पर्कमा रहनु हुनेले बिशेष सावधानी अपनाउनु होला । उनले यो स्टाटस पोष्ट गरेको तीन घण्टामा उनको उक्त स्टाटसमा १.६ K लाईक र १.८ K कमेण्ट र ३२ वटा शेयर भएको छ । जस मार्फत प्रजिअ कुरुम्वाङ्को स्वास्थ्य लाभको कामना गरिएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको फोकल पर्सन नरेश श्रेष्ठले बताए । यस अघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना देखिएको थियो ।
बिभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा असल, समन्वयकारी, बिकास प्रेमी, सदाचारी प्रजिअको परिचय बनाई जिल्लावासीको मन जित्न सफल कुरुम्वाङ्ले बर्दियालीहरुको अपार मन जितेका थिए । १ बर्ष अघि बर्दियाबाट स्याङ्जा जिल्ला प्रशासन सरुवा भएका उनलाई कोरोना कहर बढिरहँदा समेत चुस्त व्यवस्थापन हुन नसके पछि गृहले सहसचिवको दरबन्दि रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सहसचिव कुमार बहादुर खड्कालाई गृह फिर्ता बोलाई उपसचिव स्तरका कुरुम्वाङ्लाई बाँके पठाएको थियो ।
२०७७ जेष्ठ २० गते बाँकेमा हाजिर भएका उनले अनवरत रुपमा कोरोना नियन्त्रणका लागि फिल्डमैं खटेर काम गरिरहेका छन् । कार्यालयमा हाजिर भएकै दिन कोरोना नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञ थप गरेर कुरुम्वाङ्ले काम शुरु गरेका थिए । हाजिर भएकै पछिल्लो दिन कोरोनाको ईपि सेन्टरको रुपमा रहेको नरैनापुर पुगि व्यवस्थापनका लागि समन्वय गरेका थिए । तत्पश्चात उनले बाँकेका सबै पालिकामा रहेका क्वारेन्टाईन, आईसोलेसनहरुमा पुगि सुधारका लागि पहल गरेका थिए ।
निषेधाज्ञ पालनाका लागि आफै सडकमा गएर आम नागरिकलाई सम्झाउने देखि, सचेतनाका लागि प्ले कार्ड बोकेर सडक र्याली गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने कार्यमा उनले देखाएको सक्रियता निरन्तरता अरुका लागि प्रेरणादायी छ । हरेक दिन छिन, छिनमा सामाजिक सञ्जालमा बाँकेको कोरोना अपडेट सार्वजनिक गर्ने, सरोकारवालाहरुलाई एसएमएसका माध्यमबाट सूचना दिने प्रजिअ कुरुम्वाङ् पिसिआर परीक्षण देखि बिरामीहरुको क्वारेन्टाईन, आईसोलेसनमा व्यवस्थापन र दिवंगत भएकाहरु शव व्यवस्थापनमा समेत आफै खटिन्छन्, बाँकेमा कोरोनाका कारण निधन भएका सबै जसोलाई अन्तिम श्रद्धाञ्जली दिन उनी आफै पुग्ने गरेका छन् ।
हाल प्लाज्मा बिधिबाट भईरहेको उपचारका क्रममा रगत खोज्ने र भेरी अस्पताल भित्र बनेको कोभिड बिशेष बेडहरुको व्यवस्थापनमा समेत उनको निकै सक्रियता रहेको थियो । कोरोना कहरको नियन्त्रण र उचित व्यवस्थापनका लागि अहोरात्र खटिएका प्रजिअ कुरुम्वाङ्ले बाँके जिल्लामा बर्षाैं देखि चलिरहेका अवैध क्रसर उद्योगहरु बन्द गर्ने हिम्मतिलो निर्णय लिएका थिए । सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने गिरोहलाई समेत नछाडेका उनले असहज परिस्थितीमा रहेका सुत्केरीहरुको उद्धार गर्ने काम समेत गरेका छन् ।
हरेक क्षेत्रमा सक्रियताका साथ काम गरिरहेका प्रजिअ कुरुम्वाङ्मा अन्य प्रजिअहरुमा जस्तो परम्परागत धङधङि छैन । असाध्यै सामान्य, लो प्रोफाईलमा जनताको सेबकको रुपमा काम गर्ने भएकै कारण उनी चर्चित र लोकप्रिय छन् ।
उच्च बनोवलका साथ जिम्मेवारी बहन गर्ने क्रममा कोरोना संक्रमित हुन पुगेका प्रजिअ कुरुम्वाङ्को असल शासन स्वास्थ्य लाभको कामना गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।