०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बाँकेका सिडियो कुरुम्वाङ्लाई कोराना रुघोखोकी र ज्वरोको लक्षण

Logo
प्रकाशित मंगलबार, कार्तिक ११, २०७७

महेन्द्र सिंह
बाँकेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना देखिएको छ । स्वास्थ्यमा रुघोखोकी र ज्वरोको लक्षण देखिएपछि आज गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।
ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्वाङ्ले आज दिउसो सामाजिक सञ्जालमा आफु कोरोना संक्रमित भएको बताएका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा उनले लखेका छन् – कोरोना बिरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको छु । म सँग सम्पर्कमा रहनु हुनेले बिशेष सावधानी अपनाउनु होला । उनले यो स्टाटस पोष्ट गरेको तीन घण्टामा उनको उक्त स्टाटसमा १.६ K लाईक र १.८ K कमेण्ट र ३२ वटा शेयर भएको छ । जस मार्फत प्रजिअ कुरुम्वाङ्को स्वास्थ्य लाभको कामना गरिएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको फोकल पर्सन नरेश श्रेष्ठले बताए । यस अघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना देखिएको थियो ।
बिभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा असल, समन्वयकारी, बिकास प्रेमी, सदाचारी प्रजिअको परिचय बनाई जिल्लावासीको मन जित्न सफल कुरुम्वाङ्ले बर्दियालीहरुको अपार मन जितेका थिए । १ बर्ष अघि बर्दियाबाट स्याङ्जा जिल्ला प्रशासन सरुवा भएका उनलाई कोरोना कहर बढिरहँदा समेत चुस्त व्यवस्थापन हुन नसके पछि गृहले सहसचिवको दरबन्दि रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सहसचिव कुमार बहादुर खड्कालाई गृह फिर्ता बोलाई उपसचिव स्तरका कुरुम्वाङ्लाई बाँके पठाएको थियो ।
२०७७ जेष्ठ २० गते बाँकेमा हाजिर भएका उनले अनवरत रुपमा कोरोना नियन्त्रणका लागि फिल्डमैं खटेर काम गरिरहेका छन् । कार्यालयमा हाजिर भएकै दिन कोरोना नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञ थप गरेर कुरुम्वाङ्ले काम शुरु गरेका थिए । हाजिर भएकै पछिल्लो दिन कोरोनाको ईपि सेन्टरको रुपमा रहेको नरैनापुर पुगि व्यवस्थापनका लागि समन्वय गरेका थिए । तत्पश्चात उनले बाँकेका सबै पालिकामा रहेका क्वारेन्टाईन, आईसोलेसनहरुमा पुगि सुधारका लागि पहल गरेका थिए ।
निषेधाज्ञ पालनाका लागि आफै सडकमा गएर आम नागरिकलाई सम्झाउने देखि, सचेतनाका लागि प्ले कार्ड बोकेर सडक र्याली गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने कार्यमा उनले देखाएको सक्रियता निरन्तरता अरुका लागि प्रेरणादायी छ । हरेक दिन छिन, छिनमा सामाजिक सञ्जालमा बाँकेको कोरोना अपडेट सार्वजनिक गर्ने, सरोकारवालाहरुलाई एसएमएसका माध्यमबाट सूचना दिने प्रजिअ कुरुम्वाङ् पिसिआर परीक्षण देखि बिरामीहरुको क्वारेन्टाईन, आईसोलेसनमा व्यवस्थापन र दिवंगत भएकाहरु शव व्यवस्थापनमा समेत आफै खटिन्छन्, बाँकेमा कोरोनाका कारण निधन भएका सबै जसोलाई अन्तिम श्रद्धाञ्जली दिन उनी आफै पुग्ने गरेका छन् ।
हाल प्लाज्मा बिधिबाट भईरहेको उपचारका क्रममा रगत खोज्ने र भेरी अस्पताल भित्र बनेको कोभिड बिशेष बेडहरुको व्यवस्थापनमा समेत उनको निकै सक्रियता रहेको थियो । कोरोना कहरको नियन्त्रण र उचित व्यवस्थापनका लागि अहोरात्र खटिएका प्रजिअ कुरुम्वाङ्ले बाँके जिल्लामा बर्षाैं देखि चलिरहेका अवैध क्रसर उद्योगहरु बन्द गर्ने हिम्मतिलो निर्णय लिएका थिए । सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने गिरोहलाई समेत नछाडेका उनले असहज परिस्थितीमा रहेका सुत्केरीहरुको उद्धार गर्ने काम समेत गरेका छन् ।
हरेक क्षेत्रमा सक्रियताका साथ काम गरिरहेका प्रजिअ कुरुम्वाङ्मा अन्य प्रजिअहरुमा जस्तो परम्परागत धङधङि छैन । असाध्यै सामान्य, लो प्रोफाईलमा जनताको सेबकको रुपमा काम गर्ने भएकै कारण उनी चर्चित र लोकप्रिय छन् ।
उच्च बनोवलका साथ जिम्मेवारी बहन गर्ने क्रममा कोरोना संक्रमित हुन पुगेका प्रजिअ कुरुम्वाङ्को असल शासन स्वास्थ्य लाभको कामना गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!