०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

तुलसीपुर घटनाको अनुसन्धान ३५ जनालाई नियन्त्रणमा अनसन्धान जारी

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

तेज वली
तुल्सीपुर अज्ञात समूहले सोमबार राति दाङ तुलसीपुर ११ नवलपुरका ४५ बर्षीय कुमार विकको बायाँ खुट्टा छिनाएको घटनाका विषयमा जिल्लाको टोलीले पनि अनुसन्धान थालेको छ ।
मंगलबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सहितको टोलीले तुलसीपुर पुगेर त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएको छ ।
घटनाका विषयमा अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३५ जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहका अनुसार उनीहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनीहरूको नाम गोप्य राखिएको छ ।
उक्त घटना कुनै दुश्मनी साँधेर नभएकाले पनि अनुसन्धानमा कठीनाई भएको उनले वताए । तर, अपराधी नफुत्किने उनको भनाई छ ।
घाईते विकको चुरिगाँठादेखि मुनीको भाग छुट्टिनुकासाथै दुईवटै हातमा चोट लागेको छ । टरिगाउ भाञ्जाको विहे खाएर फर्किने क्रममा सोमवार राति १० बजेतिर अज्ञात समूहले आक्रमन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!