०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

तुलसीपुर घटनाको अनुसन्धान ३५ जनालाई नियन्त्रणमा अनसन्धान जारी

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

तेज वली
तुल्सीपुर अज्ञात समूहले सोमबार राति दाङ तुलसीपुर ११ नवलपुरका ४५ बर्षीय कुमार विकको बायाँ खुट्टा छिनाएको घटनाका विषयमा जिल्लाको टोलीले पनि अनुसन्धान थालेको छ ।
मंगलबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सहितको टोलीले तुलसीपुर पुगेर त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएको छ ।
घटनाका विषयमा अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३५ जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहका अनुसार उनीहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनीहरूको नाम गोप्य राखिएको छ ।
उक्त घटना कुनै दुश्मनी साँधेर नभएकाले पनि अनुसन्धानमा कठीनाई भएको उनले वताए । तर, अपराधी नफुत्किने उनको भनाई छ ।
घाईते विकको चुरिगाँठादेखि मुनीको भाग छुट्टिनुकासाथै दुईवटै हातमा चोट लागेको छ । टरिगाउ भाञ्जाको विहे खाएर फर्किने क्रममा सोमवार राति १० बजेतिर अज्ञात समूहले आक्रमन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

error: Content is protected !!