०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

स्वर्गद्धारीका दस विद्यालयको पोषण अनुगमन

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

सि पी पौडेल, जेठ ४ स्वगद्वारि
पोषण सप्ताहको तेस्रो दिन बिहिवार स्वर्गद्वारि नगरपालिकाका विभिन्न दस विद्यालयको पोषण अनुगमन गरिएको छ। बालवालिकाको स्वास्थ्य शिक्षा , स्वास्थ जीवनशैलि र सरसफाइको क्षेत्रमा आमूल परिवर्तन गर्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो। अनुगमनको क्रममा जुकाको औषधि,आईरन चक्की नियमित खाए नखाएको , स्वच्छ खानेपानी,सफा शौचालय र बाल मैत्री कक्षा भय नभयको विषयमा अनुगमन गरिएको हो। गत जेठ १ देखि संचालित पोषण सप्ताह नेपाल सरकारको लगानी , कलिकबिकास केन्द्र नेपाल , सभे द चिल्ड्रेन , जिल्ला जनस्वास्थ्य कार्यालय र विभिन्न स्थानिय निकायको सहकार्यमा संचालित रहेको छ ।
जस अन्तर्गत जेठ १ र २ गते स्वास्थ र Bmi परिक्षण ३ र ४ गते जुकाको औषधि खुवाउने , ६ गते विद्यालयको सरसफाइ र हातधुन सिकाउने ,७ गते र्यालि र ८ गते अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरिजवाफ र निबन्ध प्रतियोगिता सन्चालन्मा रहेका छन । अनुगमनमा बोल्दै श्रोतव्यक्ती तथा स्वर्गद्वारि नगरपालिका नगर शिक्षासाखा संयोजक बल बहादुर रोकायले सप्ताह एक हप्तासम्म चलेपनी यसले राम्रो संदेश दिएर बर्षभरि सरसफाइ र पोषणको क्षेत्रमा राम्रो परिबर्तन ल्याउने बिस्वास व्यक्त गर्नु भयो । यस्तै कार्यक्रमकै क्रममा बोल्दै कलिका बिकाश केन्द्र नेपाल स्वर्गद्वारि नगरपालिका कार्यक्रम उपसंयोजक भावना बिष्टले अनुगमनकर्ताहरुलाई धन्यवाद प्रकट गर्दै बालबालिकाको स्वास्थ्यमा समस्या अाउन नदिन अविभावक तथा शिक्षक र स्वयम् बालवालिकाले विशेष ध्यान दिन आग्रह गर्नु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!