०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

लुम्बिनी प्रदेशको हिउदे अधिबेसनको तयारि सुरक्षा समितिको बैठक

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(सागर थापा) दाङ                                              लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन चल्ने तयारि सुरु भएपछि दाङमा सुरक्षा समितिको बैठक बसेको छ ।दाङको घोराही भिग्रेलि भिलेज होटलमा मन्त्रीकै उपस्थितिमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाको बैठक बसेको हो । प्रदेश सभाको हिउदे अधिबेशनको तयारी भित्र सुरु भएपछि सुरक्षा संयन्त्रको बैठक दाङमै गरिएको छ । लुम्बिनि प्रदेशको आन्तरिक मन्त्रालयको आयोजनामा सुरक्षाको बैठक भएको र त्यसले आबस्यक रणनीति तय गर्नेछ । आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसि सोनामको उपस्थितिमा भएको बैठकमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्त, लुम्बिनि प्रदेशका प्रहरि प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजि रबिन्द्र धानुक, दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द सशस्त्र प्रहरी प्रमुख सहित जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागीता रहेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!