०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

लुम्बिनी प्रदेशको हिउदे अधिबेसनको तयारि सुरक्षा समितिको बैठक

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(सागर थापा) दाङ                                              लुम्बिनी प्रदेश सभाको हिउँदे अधिबेशन चल्ने तयारि सुरु भएपछि दाङमा सुरक्षा समितिको बैठक बसेको छ ।दाङको घोराही भिग्रेलि भिलेज होटलमा मन्त्रीकै उपस्थितिमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाको बैठक बसेको हो । प्रदेश सभाको हिउदे अधिबेशनको तयारी भित्र सुरु भएपछि सुरक्षा संयन्त्रको बैठक दाङमै गरिएको छ । लुम्बिनि प्रदेशको आन्तरिक मन्त्रालयको आयोजनामा सुरक्षाको बैठक भएको र त्यसले आबस्यक रणनीति तय गर्नेछ । आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसि सोनामको उपस्थितिमा भएको बैठकमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्त, लुम्बिनि प्रदेशका प्रहरि प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजि रबिन्द्र धानुक, दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द सशस्त्र प्रहरी प्रमुख सहित जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागीता रहेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]