०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

कर्णालीमा बढ्दो हवाई दुर्घटना

Logo
प्रकाशित आइतबार, जेठ ०६, २०७५

सनिवार ०६ जेष्ठ २०७५
सुर्खेत — कर्णाली प्रदेशमा सडक यातायात मात्र होइन, हवाइमार्ग पनि असुरक्षित बन्दै गएका छन् । बुधबार मकालु एयरको सामान बोकेको ‘सेस्ना’ विमान सुर्खेत ‘बेस’ भएर सिमकोट, हुम्लाको लागि उडान भर्दा विमानस्थल नजिकै करिब ४–५ मिनेटको हवाई दूरीमा दुर्घटना हँुदा चालक दलका दुवै सदस्यले ज्यान गुमाएका छन् ।

केही वर्षअघि त्यही विमान कम्पनीको जहाज यही रुटमा उडान भर्दा इन्जिनमा समस्या आएर यस्ता प्रकृतिको ‘सिंगल’ इन्जिन विमानको इन्जिनमा समस्या आउँदा बन्द गराएर केही मिनेट ‘ग्लाइडिङ’ प्रविधि अपनाएर आकस्मिक रूपमा कालिकोटको चिलखायामा अवतरण गराउन खोज्दा सन्तुलन नमिलेर काठको थुप्रोमा ठोक्किएर विमान दुई टुक्रा भई एकजनालाई च्यापिएको अवस्थामा जीवितै उद्धार गरे पनि पछि दुवै चालकले ज्यान गुमाएका थिए । उक्त विमानमा सवार बाँकी सबै ९ जना यात्रुको भने ज्यान जोगिएको थियो । खासगरी यी क्षेत्र भनेको पहाडीमात्र नभएर उच्च पहाडी क्षेत्रका विमानस्थल हुन्, जहाँ धेरै हावा चलेर विमान उडान तथा अवतरण हुन समस्या पर्छ । लुक्ला, जोमसोम तथा सिमकोट जस्ता विमानस्थलमा प्राय:जसो दिनमा वा मध्यान्हपछि उडान भर्न सकिँदैन । कुनै पनि उडानका क्रममा अनायास मौसम प्रतिकूल हुनासाथ चालकले संयमता अपनाएर उचित वैकल्पिक मार्ग पहिल्याउन सकेन भने दुर्घटना हुने जोखिम धेरै हुन्छ ।

विशेषगरी आँखाले हेरेर उडान भर्ने ‘भीआरएफ’ प्रविधिभन्दा सकेसम्म यस्ता क्षेत्रका लागि ‘आईआरएफ’ अर्थात प्रविधिको सहायताले उडान भर्न वा भराउनु उपयुक्त होला । जसका लागि उक्त प्रकृतिका अत्याधुनिक सुविधायुक्त जहाज अनिवार्य सर्त बनोस् ।
– श्रीकृष्ण राजवंशी ( कान्तिपुर )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!