१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

कर्णालीमा बढ्दो हवाई दुर्घटना

Logo
प्रकाशित आइतबार, जेठ ०६, २०७५

सनिवार ०६ जेष्ठ २०७५
सुर्खेत — कर्णाली प्रदेशमा सडक यातायात मात्र होइन, हवाइमार्ग पनि असुरक्षित बन्दै गएका छन् । बुधबार मकालु एयरको सामान बोकेको ‘सेस्ना’ विमान सुर्खेत ‘बेस’ भएर सिमकोट, हुम्लाको लागि उडान भर्दा विमानस्थल नजिकै करिब ४–५ मिनेटको हवाई दूरीमा दुर्घटना हँुदा चालक दलका दुवै सदस्यले ज्यान गुमाएका छन् ।

केही वर्षअघि त्यही विमान कम्पनीको जहाज यही रुटमा उडान भर्दा इन्जिनमा समस्या आएर यस्ता प्रकृतिको ‘सिंगल’ इन्जिन विमानको इन्जिनमा समस्या आउँदा बन्द गराएर केही मिनेट ‘ग्लाइडिङ’ प्रविधि अपनाएर आकस्मिक रूपमा कालिकोटको चिलखायामा अवतरण गराउन खोज्दा सन्तुलन नमिलेर काठको थुप्रोमा ठोक्किएर विमान दुई टुक्रा भई एकजनालाई च्यापिएको अवस्थामा जीवितै उद्धार गरे पनि पछि दुवै चालकले ज्यान गुमाएका थिए । उक्त विमानमा सवार बाँकी सबै ९ जना यात्रुको भने ज्यान जोगिएको थियो । खासगरी यी क्षेत्र भनेको पहाडीमात्र नभएर उच्च पहाडी क्षेत्रका विमानस्थल हुन्, जहाँ धेरै हावा चलेर विमान उडान तथा अवतरण हुन समस्या पर्छ । लुक्ला, जोमसोम तथा सिमकोट जस्ता विमानस्थलमा प्राय:जसो दिनमा वा मध्यान्हपछि उडान भर्न सकिँदैन । कुनै पनि उडानका क्रममा अनायास मौसम प्रतिकूल हुनासाथ चालकले संयमता अपनाएर उचित वैकल्पिक मार्ग पहिल्याउन सकेन भने दुर्घटना हुने जोखिम धेरै हुन्छ ।

विशेषगरी आँखाले हेरेर उडान भर्ने ‘भीआरएफ’ प्रविधिभन्दा सकेसम्म यस्ता क्षेत्रका लागि ‘आईआरएफ’ अर्थात प्रविधिको सहायताले उडान भर्न वा भराउनु उपयुक्त होला । जसका लागि उक्त प्रकृतिका अत्याधुनिक सुविधायुक्त जहाज अनिवार्य सर्त बनोस् ।
– श्रीकृष्ण राजवंशी ( कान्तिपुर )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]