काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ।
*कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ।
सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा
**कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस, हलुका सवारी** रु ६५ रु ६०
**मिनीबस, मिनी टिपर / मिनी ट्रक** रु ११५ रु ८०
**बस तथा सिंगल रियर एक्सेल भएका ट्रक** रु २६० रु २००
**मल्टी एक्सेल ट्रक, भारी सवारी, उपकरण** रु ६०० रु २५०
हलुका सवारीको प्रवेश र बाहिरिने शुल्कमा ५ रुपैयाँ मात्र फरक छ भने ठूला ट्रकको प्रवेश शुल्क धेरै राखिएको छ।
पैदलयात्री, दुई पाङ्ग्रे सवारी र अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेश निषेध गरिएको छ।