०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

महिला हिंसा न्युनिकरण गर्न सडक नाटक

Logo
प्रकाशित आइतबार, जेठ ०६, २०७५

प्युठान, ६ जेठ।
महिला हिंसा विषयक एक दिने सड्क नाटक अभियान आईतबार झिमरुक गाउँपालिका –४ मच्छीमा सम्पन्न भएको छ । आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था मच्छीको आयोजना तथा झिमरुक गाउँपालिका वडा नंम्बर ४ को सहयोगमा कार्यक्रम गरिएको हो । सड्क नाटक कार्यक्रममा समाजमा हुने गरेका महिला हिंसा, बालहिंसा, लागुऔषद, घरेलु हिंसा लगाएतका घट्नाहरुलाई नाटक मार्फत देखाईएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पवित्रा जिसी, प्रमुख प्रशासकिय अधिकृत ताराकिरण केसी, वडा सचिव सुकदेब रिजाल लगाएतले मन्तव्य राख्नुभएको थियो । बोल्ने बक्ताहरुले समाजमा हुने यस्ता घट्नाहरुलाई न्युनीकरण गर्न जोड दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]