०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङका २५ वर्षीय युवक चौधरीको पोखरामा ढुङगा प्रहारबाट हत्या

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(ABC क्राईमबिट)
कास्की पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोहि महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठ रहेका छन् ।
चौधरीलाई गत शनिबार ढुंगा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले तनहुँ आबुखैरेनी नगरपालिका-२ मार्क्यु सडकमा रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा फेला पारी पक्राउ गरेको हो ।
२०७७ असोजको पहिलो हप्तामा श्रेष्ठ रिक्सा सहित पोखरा आई विभिन्न स्थानमा कवाडी संकलन गरी बेच्ने काम गर्ने क्रममा गत शनिबार सोही पार्कमा चौधरीसँग भेट भएको थियो । सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्गाले हिर्काउँदा गम्भीर घाईते भएका चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
श्रेष्ठ उपर कर्तव्य ज्यान मुद्दामा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!