११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

दाङका २५ वर्षीय युवक चौधरीको पोखरामा ढुङगा प्रहारबाट हत्या

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(ABC क्राईमबिट)
कास्की पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोहि महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठ रहेका छन् ।
चौधरीलाई गत शनिबार ढुंगा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले तनहुँ आबुखैरेनी नगरपालिका-२ मार्क्यु सडकमा रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा फेला पारी पक्राउ गरेको हो ।
२०७७ असोजको पहिलो हप्तामा श्रेष्ठ रिक्सा सहित पोखरा आई विभिन्न स्थानमा कवाडी संकलन गरी बेच्ने काम गर्ने क्रममा गत शनिबार सोही पार्कमा चौधरीसँग भेट भएको थियो । सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्गाले हिर्काउँदा गम्भीर घाईते भएका चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
श्रेष्ठ उपर कर्तव्य ज्यान मुद्दामा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!