२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न निर्देशन

Logo
प्रकाशित आइतबार, मंसिर १४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।
गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिएका हुन।
हालै बाहिनीपतिका रुपमा सरुवा भई त्यसतर्फ जान लागेका सशस्त्र प्रहरीका अधिकृतलाई आज सशस्त्र प्रहरी बल नेपालको मुख्यालय काठमाडौँमा आज आयोजित समारोहमा गृहसचिव न्यौपानेले सशस्त्र प्रहरीका अधिकृत तथा जवानलाई उचित ढङ्गले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक भई खटिन अनुरोधसमेत गरे।
उहाँले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरे।
शान्तिसुरक्षा कायम गर्ने कार्यमा आइपर्ने विविध सुरक्षा चुनौतीलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायसँग आवश्यक समन्वयमा नचुक्नसमेत उनले आग्रह गरे।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा सङ्गठनले लिएको लक्ष्य प्राप्तिका लागि तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकको उद्धारलगायतका जिम्मेवारीमा अहोरात्र खटिएको बताए।
खनालले गृहसचिवबाट भएका निर्देशनलाई सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीबाट अक्षरश पालना हुने प्रतिबद्धत
व्यक्त गरे।
गृह मन्त्रालयले हालैमात्र उपत्यका र विभिन्न जिल्लाका नौजना बाहिनीपतिको सरुवा गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]