०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

डिआइजी विश्वराज पोख्रेल एआइजीमा सिफारिस

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

ABC (क्राईमबिट)
काठमाडौ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाकालागी सिफारिस भएका छन।
सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।
डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
पोखरेल एसपीपछिका बढुवाहरुमा जम्प हान्दै विवादित बाटोबाट बढुवा भईरहने प्रहरी अधिकृतका रुपमा चिनिएका छन।
एसपीबाट एसएसपी बढुवामा आफु भन्दा सिनियर ब्याचलाई समेतपछि पारेर बढुवा भएका पोखरेल डिआईजीमा पनि एकल बढुवा भएका थिए।
ब्याचका डिआईजीहरु सहकुल थापा, धिरजप्रताप सिह, रविन्द्र धानुक, उत्तम सुवेदी लगायतलाई पछि पारेर सोमबार भएको एआईजी बढुवाको सिफारिसपछि पोखरेललाई प्रहरी संगठनमा भावि आईजीपीका रुपमा हेरिएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो हप्ता एआईजीको दरबन्दी थपेको थियो।
हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि आईजीपी बन्नका लागि अब पोखरेल एक्लो दाबेदार बनेका छन्। क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ।
२०४३ सालमा करिब ५ वर्ष अदालतमा न्याय सेवाको अनुभव बटुलेर पोखरेलले २०४९ साल चैत १२ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!