२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

एसएसपी अशोक सिंह गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी अशोक सिंह गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन्।
परिसरको नेतृत्व सम्हालेपछि काम देखाउन र चर्चा कमाउनका लागि प्रमुखहरुले गुण्डागर्दी नियन्त्रणमा नचुक्ने बताउने गर्दछन् । सोही शैली अपनाउँदै एसएसपी सिंहले गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खानतलासी गर्न लगाएका छन् ।
दरबारमार्गमा भिटारा गाडीमा सवार चक्रेलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई गाडी सहित खानतलासी गरेको हो । एसएसपी सिंहकाे आदेशमा दरबारमार्ग प्रहरीले शनिबार चक्रेमाथि खानतलासी गरेकाे हाे ।
राजधानीका केही पुराना गुण्डा फेरि हातहतियार सहित हिँड्ने गरेको सूचना प्रहरीमा पुगेको थियो । सोही सूचनाको आधारमा सडकमा हिडिरहेका चक्रे मिलनमाथि खानतलासी गरिएको प्रहरीकाे भनाइ छ ।
चक्रेबाट केही बरामद नभएपछि उनलाई छाडिएको थियो । एसएसपी सिंहले चक्रे मिलनलाई प्रहरीले खानतलासी गरेको र केही नभेटिएपछि छाडिदिएको पुष्टि गरे।
काठमाडौंमा अहिले गुण्डागर्दी खासै नभएपनि चर्चा कमाउनकै लागि एसएसपी सिंहले चक्रेमाथि खानतलासी गरेको चक्रेका सहयोगीहरुले आरोप लगाएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]