२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

इप्रका भालुवाङ लैंगिक हिंसा विरुद्ध १६ दिने सचेना अभियानमा

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(बिदुर एमसी)
दाङ । इप्रका भालुवाङले लैंगिक हिंसा विरुद्धको १६ दिने सचेतना मुलक अभियान कार्यक्रम । गन्धर्वहरुले प्रहरी कार्यालयहरुसँग सहकार्य गरी सचेतनामुलक गीत गाउँदै अभियान चलाएका छन् । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेका बेला ती गन्धर्वहरुले लैंगिक हिंसा विरुद्धको सचेतना मुलक गीत गाएर अभियान सुरु गरेका हुन् । शुक्रवार इलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा राप्ती गाउँपालिका वडा नम्बर १ को पुरानो भालुवाङ बजार, पुल चोक बजार वडा नम्बर ३ को राप्ती गाउँपालिकाको कार्यालय अगाडी र सिसहनियाँ बजारमा लैंगिक हिंसा विरुद्ध सांगेतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]