०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

भन्सार छली ल्याइएका ३ लाख बराबरको कपडाहरु पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

(विवेक गाहा)
बिराटनगर । झापा र मोरङ जिल्लाको सिमानाँका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिब ३ लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा मंगलबार राति ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतिय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर-७ सतिघट्टा एरियाबाट बरामद गरेको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो ।
भारतिय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डार गरेर राखिएको भन्ने विशेष सुचना पाईपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!