११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

काठमाडौं भक्तपुरको सटर फोडेर ५ पसलमा एकसाथ लुटपाट

Logo
प्रकाशित बुधबार, मंसिर २४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा एकैपटक पाँचवटा पसलमा चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका-४ खनाल चोकका पाँच पसलमा चोरी भएको छ ।
खनाल चोकस्थित ट्रष्टले बनाएको घरको दोस्रो तलामा रहेका ५ वटा पसलका सटर तोडेर करिब २ लाख ७२ हजार २ सय ७० रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
उक्त तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्क बहादुर विक समेत ५ जनाले संचालन गरेको सुन पसल, विद्युतीय सामग्री, व्यूटिपार्लर, खाजा घर, सैलुन समेतको ताला फोडेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!