१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

केआई नेपालको अद्यन भन्छ:प्युठान मानव बेचबिखनको उच्च जोखिममा

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

सलिम अन्सारी
१२ जेठ, २०७५
मानव बेचबिखनका हिसाबले प्युठान उच्च जोखिममा रहेको पाइएको छ । केआई नेपालले शुक्रबार सार्वजनिक गरेको तथ्याकँ अनुसार प्युठान महिला तथा बालबालिकाको बेचबिखनको जोखिममा रहेको पाइएको हो ।
‘ सीमा क्षेत्रमा रोकथाम गरेका सम्भावित उच्च जोखिममा परेका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी प्युठान कै छन्,’ अद्यन प्रतिवेदन सार्वजनिक गर्दै केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले भने ‘पछिल्लो १५ महिनामा उच्च जोखिममा परेका ३० जनालाई प्रहरीको सहयोगमा सीमाबाट उद्धार गरेका छौं ।’ उनका अनुसार भारतसंग सिमाना जोडिएका सुनौली,कृष्णनगर र नेपालगन्ज हुदै दलालहरूले भारततिर लैजाँदै गरेको अवस्थामा रोकथाम गरेको हो । उनिहरु सबैलाई परिवारको जिम्मा लगाइसकेको केआई नेपालले जनाएको छ ।
केआई नेपालले यो अबधीमा सिमाक्षेत्रमा १२ सय ४० जनालाई परामर्स दिएको छ । ‘३ जनामाथि मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ,’ कार्यक्रम निर्देशक भट्टराईले भने अहिले पनि प्रत्येक दिन ८० जनाको संख्यामा प्युठानी महिला सिमामा भेटिन्छन । यो डरलाग्दो तस्वीर हो । कृष्णनगर नाकामा बढी भेटिन्छन ।सिमामा परामर्स दिइएका र उद्धार गरि घर फर्काइएकाहरुमा १८ बर्षमुनि उमेरसमुहका धेरै छन। ४० प्रतिशतको हाराहारीमा किश्वरी तथा बालबालिका र २५ बर्षमुनिका दुई तिहाई थिए । उद्धार गरिएका मध्ये अधिकाशं माध्यमिक तहभन्दा माथी पढेकाहरु थिएन्न । ४ जना महिला तथा बालबालिकालाई चितवन स्थित संरक्षित आवासगृहमा पठाईएको र १३ जनालाई घर फर्काईको प्रतिबेदनले देखाउँछ । पछिल्लो एक दशक यता रोकथाम,उद्धार र पुनस्थापनामा केआईनेपालले चेलिबेटिलाइ सिमामा निगरानी गर्दै आएको छ । यौनशोषण,दासता,मानवअंग प्रत्यारोपण,मनोरन्जन,बैदेशिक रोजगारी तथा घरेलु हिसाँ लगायत विभिन्न शोषणजन्य कार्यका लागि प्युठानका महिला तथा बालबालिकाहरु बिचौलियाको जालोमा पर्ने गरेका हुन । जिल्लाबाट भारत पुर्याएर युवती बिक्री गर्ने समस्या पुरानै हो ।अहिल मुलुकभित्र किनवेच हुन थालेको छ । शहरका होटल तथा रेष्टुरेण्ट पुर्याएर बन्धक बनाउदै नाच्न जटिल काम गर्न र यौन क्रीयाकलापमा लगाउने गरेको समेत पाइएको छ ।
विगतमा मानव बेचबिखनमा प्रयोग हुने तरिकाहरू पनि फेरिँदै गएको केआई नेपालको अध्ययनले देखाएको छ । मानव बेचबिखन घट्नुपर्ने अबस्थामा डर लाग्दो तरिकाले बढ्दै छ । ‘४/५ वर्ष अघिसम्म महिला तथा बालबालिकाहरूलाई भारतमा रहेका आफन्तसँग भेट गराइदिने भन्दै सीमा कटाएर लैजाने गरेको भेटिन्थ्यो,’गरिबी र अशिक्षाले बेचबिखन हुने गरेको थियो। निर्देशक भट्टराईले भने, ‘तर अहिले रोजागारीको प्रलोभन दिएर लैजाने तरिका अपनाएका छन् ।’ उनले पीडित आफैं विभिन्न प्रलोभनमा परेर आउने हुँदा पहिले पहिचान गर्नै समस्या र पहिचान गरेपछि पनि रोकथाम गर्न समस्या हुने गरेको बताए । खुला सिमानाका, पीडित आफैं प्रलोभनमा पर्नेलगायतका समस्याले गर्दा उद्धार तथा रोकथाममा समस्या भइरहेको भट्टराईले उल्लेख गरे । अर्केस्ट्रा र नेट्वर्क ब्यापारका नाममा महिला तथा बालबालिकाको वेचबिखन तथा ओसारपसार हुने गरेको नयाँ आयाम देखिएको पाईएको छ । कतिपय दलाल र महिलाहरु फोन र फेसबुकबाटै चिनजान भएर नजिकिएको पाइएको छ । झुठो बिबाह र प्रेमको नाटक गर्दा चेलिहरु फस्ने गरेका छन। पारिवारिकबिखण्डन,बालबिबाह,बैदेशिक रोजगार पनि बेचबिखनको कारक बनेको केआई नेपालको दावी छ ।
यस्मा संलग्नले नयाँ शैली अपनाउदै ग्रामिण क्षेत्रबाट महिलालाई सिमा कटाईरहेका छन। नाकामा हुने युवती उद्धार र बिचौलिया पक्राउको यो तथ्याकँले चेली बिक्री नरोकिएको पुष्ठी गर्छ । कपिलवस्तुको कृष्णनगर चेलीलाई विभिन्न शहर पुर्याउन सजिलो नाका बनेको सामाजिक अभियन्ताहरु बताउछन । भारत हुदै तेस्रो मुलुक लैजान पनि यहि नाका प्रयोग भैरहेको छ । त्यहाबाट डिल्ली,मुम्बई,पंजाव र मध्यप्रदेशसम्म सीधै बस सेवा रहेकाले पनि दलालहरुलाई सजिलो हुने गरेको छ ।कोलकत्ता सम्म रेलसेवा छ । राजधानी डिल्लीसम्म मुलुकबाट बससेवा भएकाले उनिहरु आकर्षित भएका हुन । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुकमा बेचिने क्रम बढेको केआई नेपाल बताउछ । प्युठानमा चेलिबेटी ओसारपसार तथा बेचबिखन बिरुद्ध सुरक्षानिकाय बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाले अभियानकै रुपमा कार्यक्रमहरु गरिरहेका छन। महिला तथा बालवालिकाहरु वेचिन सक्ने संभावनालाई ख्याल गर्दै जिल्लाबाट बाहिरिने यातायातका साधनहरुमा निगरानी बढाएर कारवाही थालिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए । उनका अनुसार एकबर्ष यता मानव वेचविखन तथा ओसारपसार बिरुद्धका ४ ओटा मुद्धा दर्ता भएका छन ।२ मुद्धा आरोपी फरार छन । बेचबिखन गर्न लैजान लागिएको आशंकामा ८ जना महिला तथा बालवालिकालाई उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ ।।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!