२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

गोरखामा बस दुर्घटना हुँदा ५ जना घाइते

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७

(ABC SAnchar)     काठमाण्डौबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा दुर्घटना भएको हो ।
तान्द्राङको मुरलीचोक भन्ने ठाउँ नजिकैबाट बस करिब १ सय फीट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सुरमान र कान्छीको गोरखा अस्पतालमा उपचार भैरहेको छ भने अन्य ३ जनालाई काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको छ । बसमा ३० जना यात्रु रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]