२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नागरिक मैत्री,उत्तरदायी र प्रभावकारी प्रहरी सेवाका लागि निरन्तर प्रतिबद्ध हुन डिआईजी खत्रीको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १७, २०८३

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो।

प्रहरी नायब महानिरीक्षकज्यूले बदलिँदो सामाजिक परिस्थिति र समसामयिक चुनौतीहरूलाई ध्यानमा राख्दै प्रहरी कर्मचारीहरूलाई थप जिम्मेवार, सक्रिय, अनुशासित र जनउत्तरदायी भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले लुम्बिनी प्रदेश प्रहरी नागरिकको सुरक्षा, न्याय र विश्वासको आधार स्तम्भका रूपमा निरन्तर अघि बढिरहेको उल्लेख गर्दै सेवा प्रवाहमा पारदर्शिता, संवेदनशीलता र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिनुभयो।

लुम्बिनी प्रदेश प्रहरी शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी प्रहरी सेवाका लागि निरन्तर प्रतिबद्ध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]