०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

SP राना र inspector खड्काको सक्रियतामा अबैध रागाँ र सुर्तीजन्य पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ०३, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा पछिल्लो समय अबैधरुपमा भन्सार छली सामान ओसारपसार गरिरहेको नागरिकबाट जनगुनासो आए पछी जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्ज सक्रिय भएको छ । तस्करी हुने नाकाहरुमा प्रहरीका विभिन्न युनिट तस्कर पक्राउ गर्न गस्ती गरिरहेको छ । बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना सक्रियरुपमा तस्करी रोक्न सहकार्यका साथ अगाडी बढेका छन् । बाँके एसपी रानाले आफ्ना सबै युनिटलाई कुनैपनि हालतमा तस्करी रोक्नुपर्ने भन्दै कडा निर्देशन दिएका छन् । उनी आफै पनि गस्ती गरिरहेका देख्न सकिन्छ ।

एसपी रानालाई ईन्फरमेसन आउने वित्तिकै आफै कुद्ने गरेको दिन र रातको मतलब छैन । बाँकेमा शान्ति, सुशासन कायम गर्नुछ ।’ एसपी रानाले भने । बाँके जिल्लामा तस्करी, घुस, कमिशन रोक्नका लागि कडा निर्देशन समेत दिएकाछन् । ‘म काम गर्न आएको हुँ, मलाई काम गरेर देखाउनुछ । जनतालाई अनुभूति दिलाउनुछ ।‘म अहोरात्र लागिरहेको छु, केही सूचना आए मलाई दिनुस्, म एक्सन लिनेछु ।’ बाँके प्रहरीले तस्करी रोक्न सक्रियता बढाएपछि भन्सार छलेर तस्करी गरेर ल्याएका मालसामानहरु दिनहुँ जसो पक्राउ गरिरहेकोछ । बङ्गुर, , कपडा, सुर्ती लगायतका भन्सार छलिका मालसामानहरु धमाधम पक्राउ गरिरहेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ । यता वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छली अबैधरुपमा लाखौं मूल्यको रागाँ र सूर्तीजन्य पदार्थ नेपालगन्जबाट नियन्त्रणमा लिएको छ । वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डमा खटेको गस्ती प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाको विर्ता गाउँनजिक रहेको एसके ईट्टा भट्टा नजिकबाट ६ वटा रागाँ र नेपालगन्जको औधोगिक क्षेत्र नजिकबाट ३ बोरा सुपरपावर सूर्ती बरामद गरेको छ । भारतको बाबागञ्जबाट नेपालगन्ज ल्याइएका अबैध ६ वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट सस्तोमा खरिद गरि भन्सार छलेर उतैका तस्करले नेपाल–भारत सीमा कटाउने र नेपालका तस्करले बढी मूल्यमा रागाँ बेच्ने गर्दा तस्करी हुने गरेको प्रहरीले जनाएकोछ । अबैधरुपमा ल्याइएका रागाँ नियन्त्रणमा लिन पुगेका प्रहरीलाई देख्नसाथ तस्कर रागाँ छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद गरिएका राँगा थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै वडा प्रहरी कार्यालयबाट खटेको गस्ती प्रहरीको टोलीले शुक्रबार नै नेपालगन्जको औधोगिक क्षेत्रबाट ठूलो मात्रामा अबैध सूर्ती बरामद गरेकोछ । भन्सार छलेर सुर्खेत लैजान लागिएको अबैध ३ बोरा सुपरपावर सुर्ती बरामद गरेको छ । आटो रिक्सामा राखेर ल्याइएको उक्त अबैध सूर्ती बरामद गरि आवश्यक कारबाहीका लागि आज नै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!