१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

भारतमा आफ्नै कार्गो रेल सञ्चालन गर्न पाउने नेपालले

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

 

(ABC Sanchar)
काठमाडौँ । भारतमा नेपालले आफ्नै कार्गो रेल सञ्चालन गर्न पाउने भएको छ । यसका साथै भारतले आफ्ना निजी ट्रेन अपरेटरहरूलाई नेपाली कार्गो बोक्ने अनुमाती समेत प्रदान गरेको छ । अहिले सम्म यस्तो अनुमति भारतीय कन्टेनर निगम लिमिटेडलाई मात्र प्राप्त थियो ।

यी रेलहरू दुई प्रमुख बन्दरगाह कलकत्ता र बिसाखापटनम देखि नेपाली पोर्ट सम्म सञ्चालन हुनेछन् ।
नेपाली व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका यी दुई विषयहरू सम्बोधन गरिएपछि रेल प्रणालीको विकासमा यसलाई ठुलो अवसरको रूपमा लिइएको छ। नेपाली रेल कम्पनीलाई भारतमा सेवा सञ्चालन गर्न दिनुले नेपाली रेल प्रणालीको विकासका साथै ठुलो व्यावसायिक अवसर प्राप्त हुने भएको छ।

नेपाली विदेश सचिव र वाणिज्य सचिवले आफ्ना भारतीय समकक्षीहरूसँग हालैको बैठकमा प्रमुखताका साथ यो माग राखेका थिए ।

नेपालका व्यवसायीहरूले लामो समयदेखि भारतसँग माग गर्दै आएको निजी कार्गो सेवाको प्रयोगले नेपाललाई कम लागतमा भरपर्दो र छिटो कार्गो आवागमन प्राप्त हुनेछ। लगभग सम्पूर्ण नेपाली कार्गो भनेको औद्योगिक कच्चा माल नै हो त्यसैले यो सहमतिले नेपालको व्यवसायीक क्षेत्रमा ठूलो राहत प्रदान गर्ने निश्चित छ।

नेपालको रेल प्रणालीलाई सहज बनाउने र कार्गो आवागमनको बिकास गर्ने कार्यका साथै अन्तर्देशीय जलमार्गमा समेत नेपाललाई जोड्ने सन्दर्भमा भारतीय सक्रियता बढेको छ। दुवै देशहरू बीच ट्रान्जिट सन्धि माथिको छलफलमा बल्क कार्गो आवागमनको क्षेत्रमा केही ठूला पहलहरु हुनुका साथै अन्तर्देशीय जलमार्गका सन्दर्भमा समेत विविध मोडलहरूले पनि अन्तिम रूप लिएको बताइएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!