२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले निकाले मसाल जुलुस

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

(ABC Sanchar)
काठमाडौं । प्रचण्ड नेपाल समूहका कार्यकर्ताले केपी ओलीले संसद विघटन गरेको विरोधमा आज साँझ राँके जुलुस निकालेका छन्।

देशका विभिन्न स्थानमा प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालेका हुन।

काठमाडौं लगायत देशका विभिन्न स्थानमा निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो।

प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए। यसैबीच, पोखरामा राँको सहित प्रहरीलाई ढुंगा प्रहार भएपछि तनाव सिर्जना भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!