दाङ । लागु औषध (ब्राउन सुगर) सहित दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा घोराही-१५४ / बाट ललित राज कुवर क्षेत्री लाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ। साथै उनको साथबाट नगद रु. र मोबाइल १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई रोकी चेकजाँच गर्दा साथमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी लागु औषध (नियन्त्रण) ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय दाङमा लागु औषधको कारोबार बढ्दै गएपछि प्रहरीले चेकजाँच र निगरानीलाई कडा पारेको छ।