१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

नयाँ ८ मन्त्री र १ राज्यमन्त्री थप

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७


(ABC Sanchar)
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले केही मन्त्रीहरुको मन्त्रालय फेरबदल पनि गरेका छन् । शुक्रवार ८ जना मन्त्री र एक जना राज्य मन्त्री गरि ९ जना नयाँ मन्त्री ओलीले आफ्नो मन्त्री मण्डलमा थपेका हुन । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रवार बेलुका नै राष्ट्रपतिबाट शपथ लिएका छन ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका असन्तुष्ट समूह पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका ७ मन्त्रीहरुले सामुहिक राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन ।

कस्ले कुन मन्त्रालय पाए ?
१) टोपबहादुर रायमाझी –उर्जा मन्त्री
२) मणि थापा–खानेपानी मन्त्री
३) प्रभु साह–शहरी विकास मन्त्री
४) प्रेम आले–वन मन्त्री
५) गणेश ठगुन्ना–सामान्य प्रशासन मन्त्री
६) गौरी शंकर चौधरी–श्रम मन्त्री
७) दावा लामा–युवा तथा खेलकुद मन्त्री
८) जुली कुमारी महतो–महिला बालबालिका मन्त्री
९) विमला विश्वकर्मा–उद्योग राज्यमन्त्री

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन ।

त्यस्तै यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।

शुक्रवारदेखि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रीको जिम्मेवारीबाट मुक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!