१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

असिनापानीले बालिनाली मासिएपछी किसान चिन्तीत

Logo
प्रकाशित सोमबार, जेठ १४, २०७५

हेमन्त अधिकारी /प्युठान। जेठ १४– प्युठानमा परेको असिनापानीले तरकारी र मकैवालीमा लाखौ रुपैयाँको क्षति पुर्याएको छ । लगातार चार घण्टा परेको असिनापानीले जिल्लाको माण्डवि गाउँपालिका-४ धोवाघाट र खजुरे आसपासमा किसानले लगाएको वालीनालीमा बढी क्षति पुर्याएको हो । असिनापानीले खेतवारीमा लगाएको मकैबाली र सागसब्जी सखाप पारेको स्थानियले बताए । ५७ बर्षपछी परेको यत्ती ठूलो असिना पानीले लाखौको क्षती भएको स्थानीय दोर्ण अधिकरिले बताए । स्थानिय शोभ बहादुर राउतको ६ वटा बाख्रा समेत असिनापानीका कारण मरेको बताईएको छ।

भर्खरै रोपेर खन्ने अबस्थामा पुगेको।मकै, मौसमी तथा वेमौसमी तरकारी, गोलभेडा र अन्नवालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तामा परेका छन् । अन्न तथा तरकारी बाली असिनाले तहस नहस पारिदिएपछि उत्पादन कम हुने किसानहरुले वताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!