१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

बाँके जिल्लामा प्रहरी हाइ अलर्ट चनाखो हुन एसपी रानाको निर्देशन

Logo
प्रकाशित बुधबार, पुष २२, २०७७

(सागर थापा /महेन्द्र सिंह)
बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरे संगै अहिले बाँके जिल्लामा सुरक्षा ब्यबस्थापन ठाँउ ठाँउमा बाक्लो पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै बाँके जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् ।
संसद विघटनको प्रस्तावप्रति जनमानसमा आक्रोश फैंलिदै गएपछि सुरक्षा फौजलाई आवश्यक्ता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादलाई लक्षित गरि बाँकेमा थप प्रहरीहरु परिचालन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी रानाका अनुसार अहिले विशेष गरि नेकपाको पार्टी कार्यालयका लागि समेत देशभर विवाद भइरकेको अबस्थामा बाँके जिल्लामा पनि दुई पाटीको विवाद हुन सक्ने भन्दै थप प्रहरी मुख्य बजार गाउँ चोकमा परिचालन गरिएको छ । साथै बाँके जिल्लाभरमा पार्टी कार्यालय आसपासमा बढि प्रहरीले निगरानी गरेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]