०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

वडा कार्यालयमा डिजिटल सूचना बोर्ड

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

सलिम अन्सारी,प्युठान
सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, सूचनामूलक सन्देश, कार्यालयबाट सम्पादन भएका र हुने काम तथा गतिविधि लगायतको जानकारी तथा अन्य आधारभुत सामाग्री समेटिने छन । सरुमारानी गाउँपालिका- ४ का वडाअध्यक्ष चिन्त बहादुर सोमैले गाउपालिका र यश अन्तर्गतका वडाहरुको दैनिक गतिविधिलाई पारदर्शी ढंगवाट आम नागरिकको बिच सुचना प्रबाह गर्दै शुसासन कायम राख्नका लागि नयाँ प्रयोगको सुरुवात गरिएको बताए । सूचना बोर्डले गाउँपालिकाको वस्तुस्थितिसँगै सूचनालाई सेवाग्राहीको पहुँचमा पु¥याउन, उपभोक्ता समिति गठनदेखि योजना फछ्र्योटसम्मका सूचना सहज रुपमा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कागजमा लेखेर जालीभित्र सूचना टाँस्ने प्रविधि पुरानो भइसकेकाले डिजिटल प्रविधिबाट सूचना प्रवाह गर्न यस्तो सूचना बोर्ड सञ्चालनमा ल्याइएको गाउपालिकाले जनाएको छ । सरुमारानी गाउपालिकाको केन्द्र समेत रहेको बडडाडा स्थित वडा नम्बर ४ को कार्यालयमा गदि दरवार शृजनशिल शाखाको नामबाट डिजिटल सुचना बोर्ड संचालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]