२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

वडा कार्यालयमा डिजिटल सूचना बोर्ड

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

सलिम अन्सारी,प्युठान
सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, सूचनामूलक सन्देश, कार्यालयबाट सम्पादन भएका र हुने काम तथा गतिविधि लगायतको जानकारी तथा अन्य आधारभुत सामाग्री समेटिने छन । सरुमारानी गाउँपालिका- ४ का वडाअध्यक्ष चिन्त बहादुर सोमैले गाउपालिका र यश अन्तर्गतका वडाहरुको दैनिक गतिविधिलाई पारदर्शी ढंगवाट आम नागरिकको बिच सुचना प्रबाह गर्दै शुसासन कायम राख्नका लागि नयाँ प्रयोगको सुरुवात गरिएको बताए । सूचना बोर्डले गाउँपालिकाको वस्तुस्थितिसँगै सूचनालाई सेवाग्राहीको पहुँचमा पु¥याउन, उपभोक्ता समिति गठनदेखि योजना फछ्र्योटसम्मका सूचना सहज रुपमा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कागजमा लेखेर जालीभित्र सूचना टाँस्ने प्रविधि पुरानो भइसकेकाले डिजिटल प्रविधिबाट सूचना प्रवाह गर्न यस्तो सूचना बोर्ड सञ्चालनमा ल्याइएको गाउपालिकाले जनाएको छ । सरुमारानी गाउपालिकाको केन्द्र समेत रहेको बडडाडा स्थित वडा नम्बर ४ को कार्यालयमा गदि दरवार शृजनशिल शाखाको नामबाट डिजिटल सुचना बोर्ड संचालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

मेष -आजको दिन तपाईंको लागि सकारात्मक रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, जसले तपाईंको आत्मविश्वास बढाउनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोस्। मिथुन-व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ। कर्कट -स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना समस्याहरू पुनः देखा पर्न सक्छन्, नियमित व्यायाम गर्नुहोस्। सिंह -प्रेम सम्बन्धमा मधुरता […]

मेष :-सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। वृष :-आजको दिन मिश्रित फलदायी रहनेछ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुन सक्छ, तर धैर्य र समझदारीले समस्याहरू समाधान गर्न सकिनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्। मिथुन :-प्रतीक्षित नतिजा कमजोर देखिए पनि […]

error: Content is protected !!