११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नक्कली लाइसेन्स बनाउने ७ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७


(महेन्द्र सिंह)

बाँके। नेपालगन्जमा नक्कली लाइसेन्स बनाउने एक व्यापारी सहित ७ जना पक्राउ परेका छन् । त्रिभुवनचोकमा रहेको पुरानो टाङ्गा स्टेशनस्थित फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर नक्कली लाइसेन्स बनाउने पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
पसल सञ्चालकले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजारा रुपैयाँ लिएर बनाउँदै आएको खुलासा भएको छ । लाइसेन्स चेकका क्रममा आशंका लागेपछि नक्कली लाइसेन्सधारी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालयको टोलीलाई ती व्यक्तिले उक्त पसलबाट लाइसेन्स लिएको बताएपछि सञ्चालक पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!