०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दाङमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

 

(सागर थापा)
दाङ । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् । उनलाई मुख आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ ।

शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो । बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै गएका थिए । ‘श्रीमानले रुखमा चढेर घाँस झार्दै थिए । श्रीमतीले बाख्रालाई बोलाई रहेकी थिन सोही समयमा नजिकै लुकेर बसेको बाघले आक्रमण ग¥यो श्रीमान टुलिराम चौधरीले भने ।’
बाघको आक्रमणबाट गम्भीर घाइते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!