०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बझाङमा जङ्गली बँदेलको आक्रमणबाट ४ जना घाइते

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

ABC (क्राईमबिट)
बझाङ । जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन्।

अर्का व्यक्तिको भने नाम खुलाएको छैन।

खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन्।

आक्रमणमा परी कुँवरको दायाँ खुट्टामा घाउ लागेको छ भने आक्रमणपछि खेतबाट करिव ५० मिटर तल लडेका छन्।

पिरमजलाको खुट्टा र पिठ्युमा सङ्गीताको हातखुट्टा र पिठ्युमा चोट लागेको छ।

उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ । कँुवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!