१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बढुवा SSP लाई IGP थापाद्वारा दर्ज्यानी चिन्ह सुशोभन

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

(सागर थापा)
काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा कृष्ण हरी शर्मा गोबिन्द कुमार शाह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्ण कुमार महत चक्र बहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोखरेल छन् । सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बधाई तथा सफल कार्यकालको सुभेच्छा प्रदान गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्नुपर्ने बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौति व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा अझै बढी सुधार ल्याउन पहल गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कानुन भन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन र सुरक्षाको दृष्टिकोणले आउने चुनौतिको सामना गर्न जिम्मेवारीपूर्वक अत्यन्त सहिष्णु भई काम गर्नुपर्ने बताए । कोभिड-१९ का कारण उत्पन्न आर्थिक अवस्थाको कारण वित्तिय व्यवस्थापनमा मितव्ययिता अपनाउनुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण कुमार महतले संगठन र नागरिक प्रतिको जिम्मेवारी र उत्तदायित्व बहन गर्दै संगठनको लक्ष्य प्राप्तिका खाँतिर सकारात्मक सोच अभिवृद्धि गर्दै अझै बढी उर्जाका साथ पारदर्शी भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

काठमाडौं । *पक्राउको विवरण:* 1. *कहाँबाट*: थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको 2. *कसरी*: उनको विरुद्धमा *इन्टरपोलले रेड नोटिस* जारी गरेको थियो। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको 3. *केको मुद्दा*: ललितपुर जिल्ला अदालतमा *सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी* मुद्दा दर्ता भइसकेको छ 4. *अहिले*: थुनछेक बहसका लागि अदालतमा […]

error: Content is protected !!