०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ट्याक्टर र टिपरले पानी चुहाउँदा हुलाकी सडकको हरिविजोग

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

(ABC संचार ब्युरो)
बाँके । नेपालगन्ज राप्ती खण्डमा पानी चुहाउँदै गुडिरहेका टिपर
एक वर्षअघि मात्र निर्माण सम्पन्न भएको जिल्लाको वैकल्पिक मार्ग (हुलाकी सडक) को अवस्था अहिले विजोग बनेको छ । नदी तथा खोलाबाट गिट्टी र बालुवा ओभरलोड बोकेर पानी चुहाउँदै गुड्ने टिपर र ट्याक्टरका कारण उक्त सडकको अवस्था बिग्रिएको हो । स्थानीय बासिन्दाका अनुसार उक्त सडकमा अचेल दैनिक पाँच सय भन्दा बढीको संख्यामा टिपर र ट्याक्टर गुड्छन् । सडकमा टिपर र ट्याक्टरको मनपरी चल्दा पनि जिम्मेवार निकाय मौन देखिन्छन् ।

यि सवारी साधनका कारण नेपालगन्जको पुरैनीदेखी राप्ती पुलसम्मको सडक हिलाम्य हुनुका साथै ठाउँ–ठाउँमा भत्किन थालेको स्थानीयको भनाई छ । अनगिन्ती रुपमा गुड्ने टिपर र ट्याक्टरले पानी चुहाउँदा सडक हिलाम्य बनेर यति चाडै बिग्रिन पुगेको हो । टिपर र ट्याक्टरले सडकमा आतंक नै मच्चाइरहेको र सम्बन्धित सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा गुनासो गर्छन् । ट्राफिक प्रहरीकै अगाडी टिपर र ट्याक्टर निर्वाध रुपमा गुडिरहेको स्थानीयको आरोप छ ।

‘टिपर र ट्याक्टरले पानी चुहाउँदा हुलाकी सडकको अवस्था बिजोग भएको छ,’ डुडुवा, कम्दीका स्थानीय एवम् सञ्चारकर्मी राकेशकुमार मिश्रले नागरिकसँग भने ‘बाटोमा साईकल र मोटरसाईकल चलाएर हिड्नै नसकिने अवस्था सिर्जना भएको छ ।’ टिपर र ट्याक्टरले हुलाकी सडक बिगारेको विषयमा उनले दुई दिनअघि सामाजिक सञ्जालबाट समेत गुनासो पोखेका थिए । टिपर र ट्याक्टरले ओभरलोडका साथै सडकमा पानी चुहाउँदा भर्खरै निर्माण सम्पन्न भएको हुलाकी सडक भत्किने क्रम सुरु भएको उनले बताए । जसले गर्दा राप्ती र डुडुवा पुल नै जोखिममा परेको मिश्रले सुनाए । उनले थपे, ‘यो सडकमा अचेल टिपर र ट्याक्टरको चाप अत्यधिक छ, सडक हिलाम्य हुँदा साईकल र मोटरसाईकल चलाउँनै नसकिने अवस्था छ ।’

सडकमा पानी चुहाउँदै निर्माण सामाग्री ओभरलोड बोक्ने ट्याक्टर र टिपरलाई स्थानीय प्रहरी, प्रशासनले कहिले काही कारबाही गरेपनि नियन्त्रणमा आउन भने सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ टिपर र ट्याक्टरले सडक बिगारेको विषयमा नागरिक स्तरबाट गुनासो बढ्न थालेपछि आफुले विशेष निगरानी बढाइरहेको बताउँछन् । ‘सडकमा टिपर र ट्याक्टरले पानी चुहाउँदा बाटो बिगारेको गुनासो आएपछि हामीले विशेष चासो राखेका छौं,’ उनले नागरिकसँग भने ‘नियम अनुसार राजश्व तिरेर नदीजन्य सामाग्री बोक्न त पाउँछन्, तर सडकमा पानी चुहाउन पाइदैन ।’

पानी चुहाएर सडक बिगारेको सम्बन्धमा स्थलगत अध्ययन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेसहित वन, घरेलु, सडक लगायत कार्यालय सम्मिलित एउटा समिति बनाइएको प्रजिअ कुरुङबाङले जानकारी दिए । ‘टिपर र ट्याक्टरले कहाँ–कहाँ सडक बिगारेका छन्, नदीजन्य पदार्थ उत्खनन्मा मापदण्ड कत्तिको पालना गरेका छन्, यि सबै कुराको अध्ययन यो टिमले गर्नेछ,’ उनले थपे । आगामी दिनमा नदीजन्य सामाग्री बोक्ने टिपर र ट्याक्टरले सडकमा पानी चुहाउन नपाउने र त्यस्तो गरेको पाइएमा कडा कारबाही हुने स्थानीय प्रशासनले जनाएको छ ।अर्जुन वलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!