०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ट्राफिक प्रहरीको विशेष अप्रेशन हराएको २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

 

ABC (क्राईमबिट)
काठमाण्डु । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम हराएको मोटरसाइकल पक्राउ गर्न थालेको हो ।

दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वारी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकरप्ररसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायण प्रसाद राजथला, नुर्बुशेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार बि.क., धालबहादुर कार्की, थानेश्वार पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा lost vehicle application मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वतर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोटभक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएकोहो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!