०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

प्रहरी निरीक्षक थापाको विदाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ २०, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
ईलाका प्रहरी कार्यलय पकडी कपिलवस्तुबाट सरुवा भएरा जान लाग्नु भएका कार्यलय प्रमुख प्रहरी निरीक्षक बिकाश थापाको हिजो एक कार्यक्रमको आयोजना गरी भव्य विदाई गरिएको हो । ईलाका प्रहरी कार्यलय पकडीले हिजो उहालाई विदाई गरेको छ ।ईलाका प्रहरी कार्यलय पकडीको निमित्त कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक मीन प्रसाद ज्ञावलीको अधक्ष्यता भएको विदाई कार्यक्रममा इप्रका पकडी मातहतमा रहेको कार्यलय प्रमुख ,आस्थाइ ट्रफिक प्रहरी पोस्ट पकडीको ट्रफिक प्रहरी सहायक निरीक्षक प्रेम पौडेल , मायादेवी गाउँपालिका वडा नम्बर १का हरि गोबिन्द चौधरी , समाजसेवी कमलेश शरण चौधरी , राप्रपा प्रजातन्त्रिकको स्थानीय नेता राधे यादव , मायादेवी बजार व्यस्थापन समिति अधक्ष्य परमात्म अग्रहरी ,भद्रभलादमी , पत्रकारले मन्तव्य दिनुको साथै सफल कार्यलयको शुभकामना समेत दिएको हुन ।युवा विधार्थी परिषद कपिलवस्तु डुमराका सभापति जुबेर खानले पनि थापाको विदाई गरेको हुन । कपिलवस्तु बाट जिल्ला प्रहरी कार्यलय तनहुँमा सरुवा हुनु भएका थापा हिजै तनहुँ जाँदै हुन्छ भने उहाँको ठाउँमा जिल्ला प्रहरी कार्यलय सुनसरीबाट सन्तोष कुमार पोखरेल एक हप्ता भित्रै आउँदै हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]