०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चोरी मुद्दा र बहुबिहवा मुद्दाको फरार रहेको २ जना प्रतिवादी पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत २०७७/७/२२ गते सम्मानित जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।- जरिवाना तोकिएको चोरी मुद्दामा फरार रहेको प्रतिवादी जिल्ला बाँके जानकी गा.पा.२ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन कादुलाई १३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।

बहु विवाह मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत मिति २०७७।०७।२० गते सम्मानित जिल्ला अदालत बाँकेबाट बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकिएको हाल सम्म फरार रहेको प्रतिवादी जिल्ला बाँके खजुरा गा.पा.२ उदरापुर बस्ने वर्ष २१ की विना कुमारी खटिकलाई आज मिति २०७७।१०।१३ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिए।

फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तरगत हाल सम्म ५१२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छन भने केहि अभियुक्त स्वयम अदालतमा हाजिर छन केहि फरार अभियुक्त भारत तर्फ भागी गएको भन्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!