०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

गौवध मुद्धामा नगर प्रहरी सहित १० जनालाई जेल सजायको फैसला

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

(ABC संचार ब्युरो)
बाँके। गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् ।

जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ अनुसार न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो ।

सबैभन्दा बढी सजाय नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष तोकिएको छ । नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकिएको छ ।

नगर प्रहरी जवानहरु कमल बयक, सुवर्ण तारामी मगर, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६(६ महिना जेल सजाय तोकिएको छ ।

नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३(३ महिना जेल तोकिएको छ ।

२०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई र गोरु, बाच्छा, बाच्छी दैलेख लैजाने क्रममा ३९ वटा रत्न राजमार्गको सुर्खेत खण्डमा मरेका थिए ।

८ वटा ट्रकमा लगीएका २ सय ९१ मध्ये अन्य गाई गोरु र बाच्छा, बाच्छी सडकमै अलपत्र छाडिएका थिए । गाई ओसार्नको लागि ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका छन ।

अनुसन्धानको दायरामा तानिएका बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा भने जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

अनुसन्धानको क्रममा पशु ढुवानी मापदण्ड निर्देशिका विपरीत लोड गरेर ढुवानी गर्दा गाई, गोरु र बाच्छा, बाच्छीहरु केही निस्सासिएर त केही एकअर्काले कुल्चेर मरेका थिए ।

ट्रकहरुलाई स्कर्टिङ गरेर आएको नगर प्रहरी निरीक्षकको टोलीले सोही राति सुर्खेतको कटकुवा र बिउरेनी जंगलमा झारेको थियो ।

अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा समेत मृतक गाई(गोरु र बाच्छा(बाच्छीहरु चोटपटक लागेर मृत्यु भएका उल्लेख छ । अदालतबाट कैद सजाय भएका सबैजना यसअघि नै धरौटीमा छुटिसकेका छन् ।

फैसला उपचर चित्त नबुझे उनीहरुले ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । अदालतले ढुवानीमा प्रयोग भएका ट्रकहरु पनि छोड्ने आदेश गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!